धरान । पाहुना टोली भुटानको आरटिसी फुटबल क्लब (रोयल थिम्पु) धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ गोलले हराउँदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । भुटानका लागि नर्वौँ मिनेटमा सोनाम योस्सीले सुरुवाती गोल गरे ।…