काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले च्याम्पियन्स लिगको उपाधि जितेपछि क्लबका समर्थकहरूले उत्सव मनाउने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको छ । यस्तै झडपका क्रममा सयौँ पक्राउ परेका फ्रान्सेली गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दक्षिण–पश्चिमी शहर ड्याक्समा शनिवार बेलुकी छुरा प्रहारबाट एक १७ वर्षीय किशोरको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका…