काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । ढाकास्थित नेशनल स्टेडियममा ७:४५ बजे सुरु हुने खेलमा नेपाल घरेलु टोली बङ्गलादेशमाथि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ । नेपालले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपालले मलेसियासँग नोभेम्बर १८ तारिख छनोट खेल खेल्नेछ ।…