रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज भएका खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ ओभर २ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो ।…