युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता छ । नेपालले नामिबियासँग महिला क्रिकेटमा पहिलोपटक खेल्न लागेको…