काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएकाे छ । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले १ सय ५७ बलअघि नै २ विकेट गुमाएर भेटायो । आर्मीका सन्तोष कार्कीले नटआउट ५५ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १/१ विकेट लिए ।…