सिटीको पोस्टमा आर्सनलको ५ गोल

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। सिटीलाई‌ आर्सनलले ५-१ ले हराएको हो। यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरेका…