काठमाडौं । श्रीलंकासँगको दुई खेलको टेस्ट शृङ्खलामा अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ । दोस्रो टेस्टमा अस्ट्रेलियाले घरेलु टोली श्रीलंकालाई ९ विकेटले हरायो । श्रीलंकाले दिएको ७५ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयअघि १ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका उस्मान ख्वाजाले २७, मार्नस लाबुशेनले २३ रन बनाए । श्रीलंकाका प्रभात जयसूर्याले १ विकेट लिए ।…