२५औं संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ । आज सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १० वटा क्लब सहभागी रहनेछन् ।…