लिग-२ मा अमेरिकामाथि स्कटल्याण्डको सहज जित

काठमाडौँ । स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुदै २४६ रन मात्र बनाएको थियो । अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले…