काठमाडौं । इंगल्यान्डका अलराउन्डर ल्युक बेनकेनस्टेनले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । अलराउन्डर ल्युकलाई दोस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ । १९ वर्षीय ल्युकले ११ टी–२० क्रिकेटमा एक सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा एक अर्धशतकसहित एक सय ३६ रन बनाउनुका साथै ४ विकेट लिएका…