काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लवका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा उनले सर्वाधिक ३३ विकेट लिएका थिए । त्रिभुवन आर्मी फाइनलमा नेपाल पुलिस क्लवसँग पराजित भए पनि साहबलाई सर्वोत्कृष्ट छनोट गरिएको हो । फाइनलका दुई इनिङमा साहबले १२ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।…