काठमाडौं । एपीएफ क्लबका ओपनर आसिफ शेखले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट इतिहासमै पहिलो दोहोरो शतक बनाएका छन् । वीरगञ्जमा आज भएको मधेश प्रदेशसँगको खेलमा आसिफले यो उपलब्धि हासिल गरेका हुन् । उनी १४२ बलमा १७ छक्का र १५ चौकाको मद्दतमा २०८ बनाएपछि ‘रिटायर्ड हर्ट’ भए । आसिफले प्रधानमन्त्री कपको एकै खेलमा सर्वाधिक रन, सर्वाधिक…