काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले…