उद्‌घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज आइतबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्यसहित प्रतियोगिताको तयारी गरेको छ । प्रतियोगितामा…