काठमाडौ । जारी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुनेछन् । आज पहिलो खेल समुह ‘सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच बिहान सम्पन्न भयो । गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा सम्पन्न खेल वेस्ट इन्डिजले १३४ रनले जित्यो । विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजी र दोस्रो खेलमा युगाण्डालाई पराजित गरेर ४ अंक हासिल गरेको छ ।…