लन्डन । एटलेटिको म्याड्रिड र बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको खेलमा एटलेटिकोले २-१ को नतिजा निकालेपछि खेल २-२ गोलको बराबरी भएको थियो…