प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र कर्णाली विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकालेको हो । जितका लागि दुई सय ४२ रनको…