विश्वकप छनोट : लाओसविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे । यसअघि पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ हुन…