काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित निकालेको छ । आईतबार समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएको हो । भारतीय टिम समूह चरणमा सतप्रतिशत जित निकाल्ने एक्लो टिम बनेको छ । उसले समूह चरणका ९ वटै खेलमा जित निकाल्न सफल रह्यो । भारतले अब सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ ।…