हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्धकाे अविश्वास प्रस्तावमा भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् । कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२…