नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी भिड्दै

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको दोस्रो शृङ्खलाको उपाधिका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । फाइनल प्रतिस्पर्धा साँझ साँढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ । पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढीले फाइनल यात्रा तय गरेको हो । यसैगरी इलिमिनेटरमा साविक विजेता…