काठमाडौं । डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४-३ को रोमाञ्चक जीत हात पारेको छ । लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए । गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि…