त्रिकोणात्मक श्रृंखला : नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकाल्ने क्रममा हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४…