काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ । आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले केही अवसर बनाए पनि गाेल गर्न सकेनन् । याेसँगै दुवै टाेलीले १/१ अङ्क बाँडेका छन् । दुवै टाेलीले आ–आफ्नाे पहिलाे खेल जितेका थिए । पोखराले चितवनलाई र…