ओमानले दिएको लक्ष्य श्रीलंकाले १५ ओभरमै भेट्टायो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले ओमानलाई १० विकेटले हराएको छ । जिम्बावेको बुलावायोमा ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले कुनै पनि विकेट नगुमाइ १५औँ ओभरमा भेट्टायो । उसका लागि दिमुथ करुणारत्नेले ६१ र पथुन निसंकाले ३७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा…