पलेशाले जितिन् पारालिम्पिकमा ऐतिहासिक काश्य पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिक ऐतिहासिक काश्य पदक जितेकी छन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–०…