काठमाडौं । विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगमा आइतबार विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपिएफले संकटा क्लबलाई २–१ गोलले हरायो । एपिएफको जितमा दीप लामा र युवराज खत्रीले गोल गरे । संकटाका गणेश हमालले सान्त्वना गोल फर्काए । यससँगै एपिएफले लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको…