काठमाडौं । यही मङ्सिर २६ गतेदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले आज प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।…