काठमाडौं । चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्लेक्समा आज बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्र क्लबलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले एक गोल गरे । त्यस्तै अर्को गोल आत्मघाती भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले एक गाेल फर्काए…