राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार कीर्तिपुरस्थित खेल मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाली टोली एसिया कपमा छनौट भएको थियो । यस अवसरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेका हुन् । ‘खेलको क्रममा नेपाली…