काठमाडौं । मोरक्कोले महिला विश्वकप २०२३ मा आइतबार दक्षिण कोरियामाथि स्तब्धपूर्ण १–० को जित निकालेको छ । खेलको एकमात्र गोल छैटौं मिनेटमा सम्भव भएको थियो । इबाटिस्म जराडीले हेडबाट गोल गरेकी हुन् । फिफा वरीयताको ७२ औं स्थानमा रहेको मोरक्कोका लागि यो ऐतिहासिक जित रहेको छ । दक्षिण कोरिया भने लगातार दोस्रो खेलमा पराजित रह्यो ।…