काठमाडौं । ओपनर आसिफ सेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले जिवनदानको भरपूर सदुपयोग गर्दै अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । टस हारेर ब्याटिङमा…