काठमाडौं । महिला विश्वकप फुटबलमा बिहीबार साविक विजेता अमेरिकाले नेदरल्याण्ड्सले १–१ गोलको बराबरी खेलेका छन् । यो खेललाई सन् २०१९ को महिला विश्वकप फुटबलको फाइनलको रि म्याचको रुपमा हेरिएको थियाे । त्यतिवेला नेदरल्याण्ड्सलाई २–० ले हराउँदै अमेरिका विश्व च्याम्पियन बनेको थियो । समुहको पहिलो चरणको खेलमा अमेरिकाले भियतनामलाई हराएको थियो भने नेदरल्याण्ड्सले पोर्चुगललाई पराजित गरेको…