साफ महिला च्याम्पियनशीप आजबाट

काठमाडौं । आजदेखि सुरु हुने छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो पहिलो उद्‍घाटन खेल भुटानसँग खेल्दैछ । नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लामो समयपछि दशरथ रंगशालामा खेल्न लागेको हो । चारपटकसम्म भारतसँग फाइनलमा हार व्यहोर्दै उपविजेताको रुपमा रहेको नेपाल घरेलु मैदान र समर्थकको साथमा छैटौं संस्करणको फाइनल उपाधी जित्‍ने लक्ष्यसहित मैदानमा उत्रदैछ…