बैंगलोरको प्लेअफ सम्भावना कायम

नयाँ दिल्ली । गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ । बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । गुजरातका राशिद खानले…