नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन् । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए ।…