फिफाको निलम्बन फुकुवापछि नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै पाकिस्तान

काठमाडौं । पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ । फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।  खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकट मुल्य समेत निर्धारण गरेको छ…