सावित्राको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले सुरुआती अग्रता बनाएको छ । नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सावित्राले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन् ।…