लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

लन्डन । इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे । जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ…