काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ । मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो । तर, फाइनलमा सुरुवाती सेटबाटै आक्रामक देखिएको…