काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली ट्रफी लिएर आइतबार राति स्वदेश फर्किएको हो । खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपालले शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरमाथि दुई विकेटको जित निकाल्दै च्याम्पियन बनेको थियो…