मर्सिसाइड डर्बीमा लिभरपुलको जित

काठमाडौं । लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार सम्पन्न मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । लगातार पाँचौं जितसँगै लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ । पराजित एभर्टन समान खेलबाट सात अंकका साथ नवौ स्थानमा छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन रायन ग्रेभेनबर्च र ह्युगो एकिटिकेले गोल…