काठमाडौं। जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शन र ह्यारी केनको निर्णायक पेनाल्टी गोलमा इङ्ग्ल्यान्डले आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब इङ्ग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि शनिबार अमेरिकाको मियामी गार्डेन्समा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। ८० हजारभन्दा बढी दर्शक उपस्थित मेक्सिको सिटीस्थित प्रतिष्ठित एस्टाडियो एज्टेकामा बेलिङ्घमले ९८ सेकेन्डको अन्तरमा दुई गोल…