उच्चस्तरीय समितिलाई एनआरएनए कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय उच्चस्तरीय समितिलाई बुझाउन सर्वोच्च अदालत फैसला कार्यान्वय निर्देशनालयले निर्देशन दिएको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनकप्रसाद शर्माले परराष्ट्र मन्त्रालय र संघलाई छुट्टाछुट्टै पत्र लेखेर यस्तो निर्देशन दिएका हुन् । उच्चस्तरीय समितिका संयोजक शेष घले हुन् भने संघका पूर्वअध्यक्षहरु तथा संरक्षक समितिको सदस्य रहेका छन्…