काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीवी ढकालले हाल चर्चामा रहेको एकता अधिवेशनसम्बन्धी घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालको समृद्धिको परिकल्पनासहित दुई दशकअघि स्थापना गरिएको यस संघभित्र नेतृत्वका लागि देखिएको होडबाजीले संस्थालाई गम्भीर संकटमा पु¥याएको ढकालको निष्कर्ष छ। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको १०औं महाधिवेशनमा देखिएको विवादसम्बन्धी विषयमा सम्माननीय…