लण्डन् । परराष्ट्रमन्त्री एनपी साउद लण्डन आइपुगेका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेकमा भाग लिनका लागि बिहिवार साँझ लन्डन आइपुगेका हुन् । मन्त्री साउद लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा उनलाई वेलायती विदेश मन्त्रीका विशेष प्रतिनिधिले एयरपोर्टको भीआईपी सुइटमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र उपप्रमुख रोशन खनाल बिमानस्थल पुगेका थिए…