पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब ४०० को हाराहारीमा नेपाली सेवाग्राहीको भीड हुने गरेको छ । राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत शुक्रबारबाट सेवा दिन सुरु गरेको शिविरमा दुई हजार…