अफगानिस्तानबाट आज थप १ सय ६० जना नेपाली स्वदेश फर्कँदै

काठमाडौं । अफगानिस्तानबाट आज थप १ सय ६० नेपाली स्वदेश फर्किदैछन्। उनीहरु चार्टर्ड उडानबाट आज साँझ काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। आज बेलुका पाँच बजेपछि जजिरा एयरको विमानमार्फत नेपालीहरु स्वदेश आउन लागेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अफगानिस्तानस्थित विभिन्न देशको दूतावासको सुरक्षामा खटिएका अधिकांश नेपालीले काबुल छाडेका छन्। काबुलस्थित…