ओलीको रक्षार्थ उभिनुपर्ने जिम्मेवारी एमालेको काँधमा आएको छः बादल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गर्दै अघि बढ्नु अहिले सिंगो पार्टी पंक्तिको मुख्य जिम्मेवारी भएको बताएका छन् । आइतबार मदन आश्रित स्मृति सभाको अवसरमा काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले एमाले र त्यसको नेतृत्वलाई समाप्त पार्ने उद्देश्यका साथ देशी–विदेशी…