नदी किनाराको २० मिटर मापदण्डको फैसला उल्टियो सर्वोच्चले

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका बागमती र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यसअघिको फैसला उल्ट्याइदिएको छ । न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौला सम्मिलित पूर्ण इजलासले संक्षिप्त आदेश जारी गरेको हो । अदालतले यसअघि संयुक्त इजलासबाट भएको फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिएको भन्दै त्यसलाई…